नागार्जुन नगरपालिकाद्वारा SEE 2079 मा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यालय तथा शिक्षकहरुलाई सम्मान तथा बधाइ ज्ञापन कार्यक्रम :

 


नागार्जुन नगरपालिका अन्तरगत सामुदायिक बिद्यालय तर्फ SEE 2079 मा रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन ७ रामकोट उत्कृष्ट GPA सहित बिद्यालय प्रथम तथा अंग्रेजी, नेपाली र स्वास्थ्य जनसंख्या तथा वातावरण बिषयमा प्रथम हुन सफल भइ नागार्जुन नगरपालिका द्वारा सम्मानित हुन सफल भएको छ । उक्त स्थान हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षक कर्मचारीहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। बिद्यालय तथा शिक्षकहरुलाई सम्मान गर्नु भएकोमा नागार्जुन नगरपालिका तथा शिक्षा शाखा प्रति हार्दिक आभार सहित धन्यबाद दिन चाहन्छौ। शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र शिक्षकहरुलाई हौसला प्रदान गर्नका लागी नगरपालिकाद्वारा गरिने यो र यस्तै कार्यक्रमहरुलाई बढाइदै लगियोस ।
प्रधानाध्यापक तथा बिद्यालय परिवार












    





Post a Comment

0 Comments